‘हिमालयन रि’ को आईपीओमा १४ लाख ६० हजारको आवेदन, कहिलेसम्म भर्न पाइन्छ ?

Advertisement

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आज पुस १ गते साँझसम्म १४ लाख ६० हजार १ सय १७ जनाको आवेदन परेको छ ।  

इच्छुक लगानीकर्ताहरुले २ करोड ८० लाख ६१ हजार ३ सय ६० कित्ताको लागि आवेदन दिएका छन् ।  

Advertisement

यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्ता रु। १०० अंकित दरमा रु। १०६ प्रिमियम थप गरी प्रतिकित्ता रु। २०६ मा बिक्री गर्न लागेको हो । 

६ लाख कित्ता कम्पनीका कर्मचारी र १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरी बाँकी २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । 

सर्वसाधारणका लागि छु्टाइएको उक्त शेयर २४ लाख ९० हजार जनाले आवेदन दिए भने पनि सबैलाई १०–१० कित्ताका दरले पर्ने सम्भावना रहन्छ । 

कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ । कम्पनीको आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द हुनेछ ।

undefined

 

Advertisement

Advertisement