सिटी एक्सप्रेसकोे मेगा बम्पर उपहार ‘१० गुणा बढी पाउने’ बिजेताको नाम घोषणा

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफुले पठाएको भन्दा १० गुणा बढी पाउने’ बिजेताको नाम घोषणा गरेको छ । 

चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने राजु तामाङले आफुले पठाएको रकम रू ५३,०७५/- (अक्षरूपी त्रीपन्न हजार पचहत्तर) को १० गुणा गरेर रू ५,३०,७५०/- (अक्षरूपी पाच लाख तीस हजार सात सय पचास) जित्न सफल भएका छन् । 

Advertisement

कम्पनीले गत असोज १५ देखी मङ्सिर १५ गतेसम्म चल्ने गरी  समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,०००/-,  हरेक हप्ता ५ जनालाई जनही रु २५,०००/- साथै  ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई  जनही रु ५०० को वालेट टप् अप्   र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार (रु ५००/- को वालेट टप् अप ), ४५ जनाले साप्ताहिक उपहार (जनही रु २५,०००/-) र २ जनाले मासिक उपहार (जनही रु १००,०००/- ) जित्न सफल भईसकेका छन् ।

कम्पनीले बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
 

Advertisement

Advertisement