काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
मंसिर २७ देखि पुस १ गतेसम्म निष्काशन खुला गरेको भए पनि पर्याप्त आवेदन नपरेको भन्दै हिजै समय बढाएको थियो, तर बैंकिङ समयपश्चात आवेदन बन्द हुने कम्पनीले जनाएको छ ।
हिजो पुस १ गते साँझसम्म १४ लाख ६० हजार १ सय १७ जनाको आवेदन परिसकेको छ । इच्छुक लगानीकर्ताहरुले २ करोड ८० लाख ६१ हजार ३ सय ६० कित्ताको लागि आवेदन दिएका छन् ।
यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्ता रु। १०० अंकित दरमा रु। १०६ प्रिमियम थप गरी प्रतिकित्ता रु। २०६ मा बिक्री गर्न लागेको हो ।
६ लाख कित्ता कम्पनीका कर्मचारी र १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरी बाँकी २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
अहिलेसम्मको अवस्था हेर्दा आवेदन दिने सबैले १० कित्ता शेयर पाउने र सो भन्दा बढी भर्नेले कति कित्तासम्म पाउने त्यो अहिलेनै आंकलन गर्न गाह्रो छ ।
सर्वसाधारणका लागि छु्टाइएको उक्त शेयर २४ लाख ९० हजार जनाले आवेदन दिए भने पनि सबैलाई १०–१० कित्ताका दरले पर्ने सम्भावना रहन्छ ।