यी पाँच कम्पनीले लाभांश प्रस्ताव गरेनन्, लगानीकर्ताहरु निराश

Advertisement

काठमाडौं । विभिन्न पाँच कम्पनीले लाभांश प्रस्ताव नगर्ने भएका छन् । 

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, सबैको लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड र माउन्टेन हाइड्रोले लाभांश प्रस्ताव नगर्ने भएका हुन् । 

Advertisement

यी कम्पनीहरुको सञ्चालक समितिको हिजो बसेको बैठकले लाभांश प्रस्ताव नगर्ने निर्णय गरेका हुन् । 

गुहेश्वरी फाइनान्स, सबैको लघुवित्त र लक्ष्मी लघुवित्त सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छन् ।   

त्यस्तै पञ्चकन्या माई हाइड्रोले सञ्चालक समितिको प्रस्ताव पारित गर्न पुस २४ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने जनाएको छ ।  

यसैगरी माउन्टेन हाइड्रो नेपालले सञ्चालक समितिको प्रस्ताव पारित गर्न पुस २३ गते साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज जनाएकोे छ । उक्त साधारण सभामा १ः१ हकप्रदको प्रस्ताव अघि सार्ने जनाएको छ । 

Advertisement

Advertisement