प्रभु महालक्ष्मी लाइफले प्राधिकरणसँग माग्यो हकप्रद निष्काशनको स्वीकृति

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पूँजी बृद्धि गर्न हकप्रद शेयर जारी गर्न नेपाल बीमा प्राधिकरणसँग सैद्धान्तिक स्वीकृति मागेको छ । 

सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब पुर्याउन हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद जारी गर्न स्वीकृतिका लागि पत्राचार गर्ने निर्णय गरेको हो ।

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाख रुपियाँ छ । 
 

Advertisement

Advertisement