काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओका लागि १६ लाख ६० हजार २२ जनाको आवेदन परेको छ ।
सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि आज पुस २ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन परेको हो ।
यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्ता रु. १०० अंकित दरमा रु. १०६ प्रिमियम थप गरी प्रतिकित्ता रु। २०६ मा बिक्री गर्न लागेको हो ।
६ लाख कित्ता कम्पनीका कर्मचारी र १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरी बाँकी २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
आवेदकको संख्यालाई हेर्दा भर्ने सबैले १०–१० कित्ता शेयर पाउने भएका छन् भने भाग्यमानीहरुले मात्रै २० कित्ता शेयर पाउने देखिएको छ ।