वाणिज्य बैंकहरुको ४ महिनाको नाफाः नबिलको २ अर्ब १६ करोड, अरु कुनको कति ? (सूचिसहित)

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको चार महिना अर्थात कात्तिक मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक पहिलो भएको छ । 

राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार नबिल बैंकले सबैभन्दा बढी २ अर्ब १६ करोड नाफा कमाएको हो । त्यस्तै उक्त अवधिमा १ अर्ब ९४ करोड नाफा कमाउँदै ग्लोबल आईएमई दोस्रो भएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा १ अर्ब ८६ करोड नाफा कमाउँदै तेस्रो भएको छ । 

Advertisement

प्राइम बैंकले १ अर्ब ५३ करोड र हिमालयन बैंक १ अर्ब ५० करोड कमाउँदै क्रमशः चौथो र पाँचौं भएका छन् । 

सबैभन्दा कम नाफा कमाउनेमा सिद्धार्थ बैंक रहेको छ । उक्त बैंकले चालु आवको ४ महिनामा ३३ करोड ३८ लाख रुपियाँ मात्रै नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । 

यता नबिल बैंकले मात्रै नाफा २ अर्ब नघाएको छ भने एक अर्ब बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा, हिमालयन, एभरेष्ट, एनआईसी एशिया, ग्लोबल आईएमई, प्राइम, एमएमबि र प्रभु बैंक छन् ।  

कुन बैंकले कति कमाए ? 

undefined

 

Advertisement

Advertisement