बालेनले टालेको राजधानीका सडकको खाल्डाखुल्डीमा यातायातमन्त्रीको दाबी

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजधानी काठमाडौंका सडक खाल्डाखुल्डीरहित बनाएको दावी गरेका छन् । 

काठमाडौं महानगरभित्र यस्ता खाल्डाखुल्डी पुर्ने काम महानगरपालिकाका मेयर बालेन शाहले गरे पनि मन्त्री ज्वालाले त्यसमा आफ्नो दावी प्रस्तुत गरेका हुन् । 

Advertisement

सोमवार ललितपुर महानगरपालिकाको स्थापना दिवसको कार्यक्रममा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने बताएको बताए । 

ज्वालाले तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा धेरै अघि बढ्न सकिने बताए । उनले तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुन आवश्यक रहेको र सरकार त्यसका लागि तयार रहेको बताए । 

ज्वालाले भने, ‘तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा, कृषिको क्षेत्रमा, खानेपानी, फोहोर व्यवस्थापनको क्षेत्रमा, खोलाको समस्याको समाधानको क्षेत्रमा समस्या समाधान गर्न सकिन्छ । तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुनुपर्छ । त्यसका लागि सरकार तयार छ । पूर्वाधार निर्माणको क्षेत्रमा, सडक निर्माण, खाल्डाखुल्डी ममर्तका कुरा हुन्, काठमाडौंलाई धुलोरहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरा होस्, यी सबै काममा सहकार्य गरेर अघि जाऔँ ।’ 

Advertisement

Advertisement