शेयर बजारमा उछालः नेप्से २१ सय अंक माथि, करीब ६ अर्बको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । बजारमा उछाल आएसँगै आज नेप्से २१ सय अंक पार भएको छ भने करीब ६ अर्बको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बजार ४५.९८ अंकले बढेको हो । २.२३ प्रतिशतले बजार उचालिंदा नेप्से २१०६.४८ अंकमा पुगेको छ । 

Advertisement

आज ३१३ कम्पनीका १ करोड ६४ लाख ५७ हजार १ सय ३८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५.७३ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज विभिन्न ९ वटा कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढ्यो भने अरु ७ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए । 
त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ का लगानीकर्ताहरुले सबैभन्दा बढी ७.२७ प्रतिशतले घाटा व्यहोरे । 

आज १५ प्रतिशत लाभांश घोषणा गरेको शिवम् सिमेन्टको उच्च कारोबार भयो । उक्त कम्पनीको ३७ करोड ४३ लाख ४८ हजार २ सय २.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २७.७५ अंकले बजार बढ्दा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९ सय ७९.०५ रुपियाँ र हिजो सोमबार ३८.१४ अंकले बजार उचालिंदा  ६ अर्ब ८६ करोड ८१ लख ७७ हजार ५ सय ६५।८३ रुपियाँ बराबरको कारोबार भएको थियो ।     
 
  
 

Advertisement

Advertisement