भिजन लुम्बिनी, चिरख्वा र नेपाल वायर हाउजिङको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज कम्पनी लिमिटेड (नेप्से) मा विभिन्न ३ कम्पनीको आईपीओ सूचीकृत भएको छ । 

भिजन लुम्बिनी उर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर लिमिटेड र नेपाल वायर हाउजिङ कम्पनीको आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।

Advertisement

यसैक्रममा भिजन लुम्बिनीको १ करोड ९१ लख २५ हजार कित्ता आईपीओ सूचीकृत भएको छ । सर्वसाधारणका लागि बिक्री गरिएको ३८ लाख २५ हजार कित्ता र संस्थापकहरुको १ करोड ५३ लााख कित्ता आईपीओ सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै भोलि बिहीबारबाट शेयर कारोबार हुनेछ । रु. १२१.७८ देखि रु. ३६५.३४ ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । 

त्यस्तै चिरख्वा हाइड्रोको ४० लाख कित्ता आईपीओ सूचीकृत भएको छ । सर्वसाधारणलाई बिक्री गरिएको १२ लाख कित्ता र संस्थापकहरुको २८ लाख कित्ता आईपीओ सूचीकृत भएको हो । सूचीकृत भएसँगै बिहीबारदेखि कारोबार शुरु हुनेछ, रु. १००.०१ देखि रु. ३००.०३ ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । 

यता, नेपाल वायर हाउजिङको ६८ लाख ७५ हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ७५ हजार कित्ता र संस्थापकहरुको ५५ लाख कित्ता आईपीओ सूचीकृत भएको हो । सूचीकृत भएसँगै बिहीबारबाट शेयर कारोबार हुने र रु. ९३.०४ देखि रु. २७९.१२ ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।    
 

Advertisement

Advertisement