कांग्रेसमा अहिले अन्तरघात गर्ने रोग लागेको छः देउवा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गरेका छन् । 

बिहीवार जनकपुरमा आयोजित कार्यक्रममा उनले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताए । देउवाले अहिले काँग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रुपमा स्थापित गर्न नेता÷कार्यकर्ताहरुलाई आग्रह गरे । 

Advertisement

उनले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न काँग्रेसले काम गरिरहेको बताए । देउवाले भने, ‘नेपालको राजनीतिलाई सुदृढीकरण र अझ स्थिर बनाउने काममा काँग्रेस लाग्नेछ । हामीलाई सहयोग गर्नुहोस् । काँग्रेसले अवश्य नै भोलिका दिनमा नेपालको पूर्ण रुपमा सरकार बनाउन सकोस् । अहिलेको बेला समानुपातिक प्रणाली भएको हुनाले समावेशी प्रणाली भएको हुनाले कसैको पनि बहुमत आउनसक्ने सम्भावना निकै कम हुन्छ । त्यसैले अहिलेको जस्तो हाम्रो सबैभन्दा ठूलो पार्टी भएको छ, भोलिका दिनमा पनि हाम्रो पार्टीलाई अन्तरघात गर्ने रोग लागेको छ, अन्तरघात भन्ने रोग छ, त्यसबाट मुक्त गर्दै पार्टीलाई भरसक बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्नुहोला ।’

सभापति देउवाले आगामी दिनमा काँग्रेसको एकल सरकार बनाउन सक्नुपर्ने बताए । 

Advertisement

Advertisement