काठमाडौं । मुक्तिनाथ विकास बैंकले १०.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.७५ बोनस शेयर र कर प्रयोजनका लागि ०.५१३२ नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव डण्डपानी ढकालले जनाएका छन् ।
सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी १७औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ६ अर्ब ४२ करोड २ सय ७२.५१ रुपियाँ छ ।