काठमाडौं । दुई हाइड्रो पावर कम्पनीले लाभांश घोषणा गरेका छन् । राधी विद्युत कम्पनी र कालीका पावर कम्पनीले लाभांश घोषणा गरेका छन् ।
यसैक्रममा राधी विद्युत कम्पनी आव २०७९÷८० को नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनका लागि पुस १५ गते बुक क्लोजको मिति समेत तय गरेको छ ।
यता कालिका पावर कम्पनीले आव २०७९÷८० को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न पुस २८ गते साधारणसभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।