काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव नगर्ने भएका छन् । मनकामना इञ्जिनियरिङ हाइड्रो र रिडी पावर कम्पनीले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेका हुन् ।
यसैक्रममा मनकामना इञ्जिनियरिङ सञ्चालक समितिको बैठकले पुस २८ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने भएको छ ।
त्यस्तै रिडी पावर सञ्चालक समितिको बैठकले पुस २८ गते साधारण सभा पनि डाक्ने निर्णय गरेको छ । साधारण सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ ।