जापानको २०२४ को बजेट ११२.०७ ट्रिलियन येन, रक्षा खर्च बढाइयो

Advertisement

काठमाडौं । जापान सरकारले आर्थिक वर्ष २०२४ को लागि ११२.०७ ट्रिलियन येन (लगभग ७८७ बिलियन अमेरिकी डलर) को मस्यौदा बजेट पारित गरेको छ । 

यसमा रक्षा खर्च सबैभन्दा धेरै रहेको छ । अप्रिल २०२४ देखि मार्च २०२५ सम्मको आर्थिक अवधिको लागि मन्त्रिपरिषद्ले बजेट अनुमोदन गरेको हो । विशेषगरी रक्षा बजेट ७.९५ ट्रिलियन येन रहेको छ । कुल बजेटमध्ये १ हजार २४७.७ बिलियन येन क्षेप्यास्त्र रक्षा उपकरण र ७३४ बिलियन येन लामो दूरीका मिसाइलहरूका लागि छुट्याइएको छ । 

Advertisement

जापानी प्रधानमन्त्री फुमियो किशिदाले गत वर्ष राष्ट्रिय रक्षा खर्चलाई आगामी पाँच वर्षमा कुल ४३ ट्रिलियन येन पु¥याउने वाचा गर्नुभएको थियो । आर्थिक वर्ष २०२७ मा वार्षिक बजेटलाई कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पुर्याउने घोषणा गरेका थिए । 

जापान सरकारले विदेशी कम्पनीहरूबाट इजाजतपत्रमा निर्मित हतियार र गोला बारुदको निर्यातमा प्रतिवन्धलाई आफ्नो देशहरूमा र सशर्त रूपमा तेस्रो देशहरूमा प्रतिरक्षा उपकरण र प्रविधि हस्तान्तरण र कार्यान्वयन दिशानिर्देशहरूमा परिमार्जित तीन सिद्धान्तहरू अन्तर्गत खुकुलो पारेको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement