वैद्य नेतृत्वको कम्युनिष्ट पनि आन्दोलनमा उत्रिने, उद्देश्य– संसदीय व्यवस्थाको अन्त्य

Advertisement

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी पनि आन्दोलनमा उत्रिने भएको छ । यो पार्टीले अहिलेको राज्यसत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरेको हो । 

मंगलवार राजधानीमा आयोजित कार्यक्रममा वैद्यले शासन सत्ता फेरिएको भए पनि शोषण, उत्पिडनका रुपहरु पूरानै रहेको बताए । उनले कम्युनिष्टहरु अहिले काँग्रेसीहरुको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनेर लागेको बताए । 

Advertisement

वैद्यले अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने जिकिर गरे । उनले राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेर गएको दाबी गरे । वैद्यले भने, ‘आज पुरानो व्यवस्था, पुरानो सत्ता छ, दलाल पुँजीपति नोकशाही पुँजीपति र सामन्त वर्गीय राज्य सत्ता अझै छ । शासन सत्ता फेरिएको छ र संसदीय व्यवस्था अहिलेको शासन सत्ता छ । तर शोषण, उत्पीडनका रुपहरु मुलभुत रुपमा उनै पुराना छन् ।’ 

उनले थपे, ‘संसदीय व्यवस्थामा जाने पार्टीहरु जुन हिजो संसदीय व्यवस्था भन्दा नेपाली काँग्रेसका साथी वा काँग्रेसले संसदीय व्यवस्था त हाम्रै हो भन्ने गर्दथे, त्यो हो पनि तर पछि के भयो भने कम्युनिष्टहरुको एउटा समूह अथवा अर्को समूह ऐतिहासिक झापा बिद्रोहका साथीहरु र महान जनयुद्धमा संलग्न साथीहरुको एउटा हिस्सा संसदीय व्यवस्थामा गएर काँग्रेसीहरुको भाग खोसेर हाम्रो पो व्यवस्था हो त भनेर लाग्नुभएको छ । लाजको मर्नु । त्यसकारणले यो सत्ताबाट पनि र यो व्यवस्थाबाट पनि जनताको मुक्ति हुनेवाला छैन । राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरु अत्यन्तै विकराल बनेर गएका छन् । अब यो व्यवस्था चल्न सक्दैन । हामीले यो राज्य सत्ता र यो संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्न जरुरी छ ।’

संसदीय व्यवस्थाको चुनावप्रति नागरिकहरु असन्तुष्ट छन् । चक्र झैँ ५–५ वर्षमा घुमेका छन् । हुने केही होइन । गर्ने त्यही हो । सत्तामा ओलीजी बस्ने अर्काजीले पूरै बिरोध गर्छन् । प्रचण्डजी प्रतिपक्ष भएर ओलीजी सत्तामा गयो भने फेरि ओलीजीलाई सत्तोसराप हाल्छन् ।  

Advertisement

Advertisement