मन्त्री किराँतीको दाबी- ‘पर्यटन क्षेत्र पुरानै लयमा फर्कियो’

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन् । 

मंगलवार मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू मन्त्री भइसकेपछि करिव १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको बताए । मन्त्री भइसकेपछि एक महिनामा इ टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरुमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको बताए । 

Advertisement

उनले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै ६ वटा जहाज हुने बताउनु भयो । उहाँले हवाई उडान हुन नसकेको २२ वटा खालि एयरपोर्टहरुमा सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको बताए । 

मन्त्री किराँतीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्ने गरी विद्युतीय मेसिन जडान कार्य अन्तिम चरणमा पुर्याएको बताए । लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न अन्तिम बिन्दुमा पुग्न आफू सफल भएको पनि बताए । 

Advertisement

Advertisement