देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके प्रधानमन्त्री पदमा नबस्ने

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बसिरहन जरुरी नभएको बताएका छन् । 

मंगलवार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले कमजोर कार्य सम्पादन गर्ने मन्त्रीहरुले पनि पद ओगटेर बस्न नहुने बताए । मन्त्रीहरुप्रति संकेत गर्दै दाहालले हरेकले आआफनो भूमिकालाई न्याय हुनेगरी काम गर्नुपर्ने नैतिक दबाब रहेको बताए । 

Advertisement

उनले भने, ‘संघीयतालाई वास्तविक रुपमानै कार्यान्वयन गर्न म प्रतिवद्ध र दृढ छु । र यसमा लागि जरुरी कानुन तुरुन्त ल्याउन म तयार छु । म आज जनतालाई साँची राखेर माननीय मन्त्रीहरुलाई पनि भन्न चाहन्छु– हामीलाई असफल हुने छुट छँदै छैन । कार्य सम्पादन कमजोर भएको अवस्थामा म कसैलाई पनि माफ दिने अवस्था र मनस्थितिमा छैन । हामी सबै आआफनो भुमिकाप्रति न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने अब कसैले पनि ठाउँ ओगटी रहनु हुँदैन । छाडी दिनुपर्दछ । यो मैले अरुलाई दिएको उपदेश मात्रै होइन । आफैसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटीरहन जरुरी छैन । ’

देशमा अब केही हुँदैन भनेर जनतामा निराशा जगाउने काम भएको बताउँदै राजा र राजाको शासन काललक्षित आलोचनामा पुन समय खर्चिएका उनले अब आफ्नो कार्यशैलीमा परिवर्तन गर्ने बताए । 

Advertisement

Advertisement