सिंगटी हाइड्रोले हकप्रद निष्काशन गर्ने, बोर्डबाट पायो स्वीकृति

Advertisement

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । 

कम्पनीले चुक्ता पूँजी १ करोड ४५ लाख कित्ता शेयरको १०० प्रतिशत हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट हिजो बुधबार स्वीकृति प्राप्त गरेको कम्पनी सचिव विष्णुप्रसाद रेग्मीले जनाएका छन् । 

Advertisement

बोर्डबाट स्वीकृति पाएसँग हकप्रदका लागि प्रक्रिया शुरु गरेको कम्पनीले जनाएको छ ।    
 

Advertisement

Advertisement