काठमाडौं । विभिन्न ६ कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
हिमालयन डिस्लिलरी लिमिटेड, सानाकिसान विकास लघुवित्त वित्तीय संस्था, घोराही सिमेन्ट, सर्पोर्ट माइक्रोफाइनान्स, आत्मनिर्भर लघुवित्त र राधी विद्युत कम्पनीको शेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।
यसैक्रममा हिमालयन डिस्टिलरीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिकित्ता शेयर मूल्य रु. १७२५.४५ कायम गरिएको छ । यसअघि रु. १८९८ थियो ।
त्यस्तै साना किसानले १४.२५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिकित्ता शेयर मूल्य रु. ८८८.३२ कायम गरिएको छ । यसअघि रु. १०१४.९० थियो ।
यसैगरी घोराही सिमेन्टले १५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ५०२.६१ कायम गरिएको छ । यसअघि रु. ५७८ थियो ।
यसैबीच, सर्पोट माइक्रोफाइनान्सले १३ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ९५५.७५ कायम गरिएको छ । यसअघि रु. १०८० थियो ।
त्यस्तै आत्मनिर्भर लघुवित्तले १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १६५९.०९ कायम गरिएको छ । यसअघि रु. १८२५ थियो ।
यता, राधी विद्युत कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २२८.६४ कायम गरिएको छ । यसअघि रु. २३९.५० थियो ।
मूल्य समयोजन भएका ६ वटै कम्पनीको सोमबारदेखि सोही मूल्यमा शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।