क्यानको २५औं वार्षिकोत्सवः ‘अन्तर्राष्ट्रिय उडानतर्फ ४१.०४ प्रतिशत यात्रु बढे’-महानिर्देशक अधिकारी

Advertisement

काठमाडौं । नेपालमा यो वर्ष हवाई यात्रुको संख्याको बढेको छ । यो वर्ष ११ महिनामा यात्रुको संख्या अन्तर्राष्ट्रिय उडानतर्फ ४१.०४ र आन्तरिक उडानतर्फ ३७.४८ प्रतिशतले बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको छ ।  

आज क्यानको २५औं वार्षिकोत्सवमा महानिर्देशक प्रदीप अधिकारीले  सन् २०२३ को ११ महिनामा अन्तर्राष्ट्रियतर्फ ४१ लाख ५४ हजार ३९३ यात्रुले यात्रा गरेको बताए । सन् २०२२ को ११ महिनामा २९ लाख ४५ हजार ५४० थियो ।

Advertisement

आन्तरिकतर्फ ५५ विमानस्थलमध्ये ३५ वटा आन्तरिक हवाई सेवा सञ्‍जालमा जोडिएका छन् । २१ कम्पनीले उडान अनुमति लिएकामा १९ कम्पनीले सेवा प्रदान गर्दै आएका क्यानले जानकारी दिए ।

त्यस्तै, क्यानका कर्मचारी ट्रेड युनियनले पर्यटनमन्त्री सुदन किरातीलाई सेवा प्रदायक र नियामक निकायका रुपमा क्यानलाई विभाजन गर्ने झमेलामा नलाग्न आग्रह गरे ।

युनियनका निवर्तमान अध्यक्ष श्रवण यादवले आफूहरु क्यान टुक्र्याउन दिने पक्षमा नरहेको बताए ।

undefinedundefinedundefinedundefined

Advertisement

Advertisement