राष्ट्रिय धोती दिवस मनाउने क्रममा सिके राउत पक्राउ

Advertisement

काठमाडौं । नेपाल प्रहरीले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गरेको छ । 

सोमवार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माईतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय धोती दिवस मनाउने समूह निषेधित क्षेत्रतर्फ अघि बढेपछि पक्राउ गरेको प्रहरीले बताएको छ । 

Advertisement

अध्यक्ष राउतसँगै अन्य प्रदर्शनकारीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । माईतीघरदेखि नयाँ बानेश्वरसम्म सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । 

विद्यार्थी जनमत संघको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रमा प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाउँदै धोती हाम्रो शान हो लगायतका नारा लगाएका थिए ।

Advertisement

Advertisement