मन्त्री प्रकाश ज्वालाका कारण बालकुमारी घट्नाः प्रहरी महानिरीक्षक कुँवर

Advertisement

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका कारण बालकुमारी घट्ना हुन पुगेको औ.ल्याएका छन् । 

संसदको राज्यव्यवस्था समितिको बैठकमा सोमबार उनले मन्त्री ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने परिस्थिति निर्माण भएको बताएका हुन् । कामका लागि कोरिजा जान परीक्षा दिन पाउनुपर्ने माग गर्दै उक्त दिन प्रदर्शनमा उत्रिएकाहरुले पनि मन्त्री ज्वालाको व्यवहारका कारण दुई जनाको ज्यान गएको र गाडी चल्ने परिस्थिति बनेको बताउँदै आएका छन् । 

Advertisement

बालकुमारीमा मन्त्रीको गाडी नगएको भए त्यो हदसम्मको घटना हुने थिएन् भन्दै आईजीपी कुँवरले बालकुमारीमा गोली चलेको तर कतिबेला चलेको भन्ने कुरा यकिन नभएको जिकिर गरे । प्रदर्शनकारीहरुले भने पहिला प्रहरीले गोली चलाएर आफ्ना दुई जना साथीलाई घाइते बनाएपछि आक्रोसित युवाहरुले मन्त्रीको गाडी जलाएको, सोही बाटो नजान सुझाव दिँदा पनि मन्त्री ज्वाला अटेर गर्दै सोही बाटो अघि बढेको बताउने गरेका छन् । 

ईपीएस भाषा परीक्षार्थीहरुले गरेको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो । सोही घटनामा प्रहरीको कुटपिट र गोलीबाट दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो । उक्त घट्नापछि अहिले सरकारको चर्को विरोध भइरहेको छ । 

राज्य व्यवस्था समितिको बैठकमा ‘मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन’ भन्दै कुँवरले मन्त्रीलाई सुरक्षित राख्न बल प्रयोग गर्नुपरेको जिकिर गरे । सो दिन तीन हजार युवा प्रदर्शनमा उत्रिएको र उनीहरुसँगको झडपमा परी आठ जना प्रहरी घाइते भएको उनले बताए । कुँवरले रबरको गोली, हवाई फायर र अश्रुग्याँस प्रहार गरेको स्वीकार गरे ।

प्रदर्शन रोक्ने क्रममा साढे ११ बजे सामान्य बल प्रयोग भएको, ११ः५२ मा मन्त्री ज्वाला चढेको गाडी कोटेश्वरतर्फ जाँदै गर्दा बालकुमारीमा आइपुगेको र त्यो बेलामा पीएसओले फिल्डमा रहेका प्रहरीहरुसँग समन्वय नगरेको, ११ः५४ मा हातपात हुने अवस्था आएपछि पिएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको र १२ बजे मन्त्रीको गाडीमा आगजनी भएको उनले जानकारी दिए ।

Advertisement

Advertisement