नेपाली मुलका विदेशी प्रसिद्ध अधिकारी बने सन् २०२४ को पहिलो नेपाली पर्यटक

Advertisement

काठमाडौं । नेपाली मुलका विदेशी प्रसिद्ध अधिकारी सन् २०२४ को पहिलो नेपाली पर्यटक बनेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार पर्यटक भिसामा आउने अधिकारी पहिलो नेपाली पर्यटक हुन् । 

राजधानिस्थित बानेश्वरका प्रसिद्ध अधिकारी आफ्नै मातृभूमि नेपाल घुम्न आज आएका हुन् । उनी अहिले अमेरिकी नागरिक हुन् । अमेरिकी राहदानी लिएर आएका अधिकारी बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । नेपाल आउँदा त्रिभुवन विमानस्थल कार्यालयले पहिलो विदेशी पर्यटकको रुपमा उनलाई स्वागत गरेका थिए । 

Advertisement

पर्यटक भिसामा ३० दिनका लागि नेपाल आएका अधिकारीले आफू जहाँ बसे पनि आफ्नो मातृभूमिको माया लाग्ने बताउँछन् । उनले आफूले मौका मिलेसम्म नेपाल भ्रमण गरिरहने बताए । 

Advertisement

Advertisement