काठमाडौं । श्री एयरलाइन्स लिमिटेडले एकै वर्षमा चार अर्ब १४ करोड रुपियाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा आफ्नो व्यापार ह्वात्तै बढाउन सफल भएको हो ।
रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार श्री एयरलाइन्सले सन् २०२२ मा तीन अर्ब ४५ करोडको व्यापार गरेकोमा सन् २०२१ मा एक अर्ब ३८ करोडको व्यापार गरेको थियो ।
आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेसँगै एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी भएको हो । कम्पनीको कुल तीन अर्ब ८५ करोड ऋण रहेको छ
जसमा ‘फण्ड बेस’ बैक सुविधाअन्तर्गत दुई अर्ब ५५ करोड र ‘वर्किङ क्यापिटल लोन’ छोटो समयका लागि एक अर्ब आठ करोड ऋण छ । यस्तै, ‘नन फण्ड बेस’ ऋण २२ करोड रुपियाँ रहेको छ ।
सन् १९९९ मा स्थापना भएको कम्पनीमा सुधिर मित्तलको एकल स्वामित्व रहेको छ । कम्पनीले आन्तरिक तथा विदेशमा समेत हेलिकप्टर सुविधा प्रदान गर्दै आइरहेको छ । आन्तरिक उडानमा कम्पनीको १६ प्रतिशत बजार हिस्सा रहेको छ ।