सर्वोत्तम सिमेन्टको आईपीओ पुस २५ गतेदेखि, प्रतिकित्ता कति ?

Advertisement

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले यस घि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गरेको थियो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका गर्न लागिएको हो ।

Advertisement

स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता र   २ लाख ६७ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेकाहरुका लागि छुट्याइएको छ । 

कम्पनीले पहिलो पल्ट बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको हो । 

स्थानीय बासिन्दाहरुले आईपीओका लागि छिटोमा माघ १० गतेसम्म र ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ १० गतेसम्म मात्रै  आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले प्रतिकित्ता ३६० रुपियाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने सह बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटलले जनाएका छन् । 

स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई बिक्री गरेपछि स्थानीयहरुका लागि आईपीओ निष्काशन खुला गर्ने कम्पनीले जनाएको छ ।   

Advertisement

Advertisement