गाउँपालिकाका अध्यक्षसहित छ जनाद्धारा छोपा बामरे हिमालको पहिलो पटक आरोहण

Advertisement

काठमाडौं । दोलखाको विगु गाउँपालिकाका अध्यक्षसहित छ जनाले छोपा बामरे हिमालको पहिलो पटक सफल आरोहण गरेका छन् ।

दोलखास्थित ६ हजार एक सय ९ मिटरमा रहेको छोपा बामरे हिमालको छ जनाले पहिलो पटक आरोहण गरेका हुन् । उनीहरुले डिसेम्बरको २९ तारिखका दिन बिहान ९ बजे उक्त हिमालको सफल आरोहण गरेका हुन् । 

Advertisement

सगरमाथा आरोही लिलाबहादुर बस्नेत, निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा टोलीले छोपा बमरे हिमालको चुचुरोमा पाइला टेकेका हुन् । उक्त टोलीमा लिलाबहादुर बस्नेत, निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, लाक्पा गेली शेर्पा, भावेन्द्र खड्का र विगु गाउँपालिकाका अध्यक्ष संजिव ओली रहेका थिए । 

विगु गाउँपालिकामा रहेका पिकहरुको प्रवर्द्धन गर्न छोपा बामरे हिमालको आरोहण गरेको हिमालयन शेफर्ड इको ट्रेक एण्ड एक्सपेडिसनका निर्देशक आदित्य भुसालले बताए । 

उक्त आरोहण हिमालयन शेफर्ड इको ट्रेक एण्ड एक्सपेडिसन र डोल्मा आउटडोर एक्सपेडिसन, बिगु नगरपालिकाको संयुक्त आयोजनामा भएको हो । 

पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार नयाँ पिक (आरोहण नगरिएका) हिमालहरुको प्रवर्द्धन गर्ने, आरोहणका लागि खुल्ला नगरिएका पिकहरु आरोहण गराउने, पर्यटकीय गतिविधिहरु बढाउने, नयाँ हिमालहरु आरोहणको लागि प्रक्रियाहरु सुरु गर्दै र खुल्ला गरिएको भर्जिन पिकहरुमा पनि आरोहीहरु आरोहणको लागि प्रोत्साहन गर्ने बताए । 

Advertisement

Advertisement