रवि लामिछानेद्धारा कान्तिपुर र यसका मालिकविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कान्तिपुर पब्लिकेशन र यसका सञ्चालकहरु तथा सम्पादकविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् । 

उक्त पत्रिकामा केही दिनदेखि लामिछानेले सहकारीको पैसा अपचलन गरेको सम्वन्धी मुद्दाहरु प्रकाशित भइरहेका थिए । लामिछानेले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । लामिछानेको तर्फबाट अधिवक्ता अफताव आलमले कान्तिपुर पब्लिकेशन, यसका सञ्चालक कैलाश सिरोहिया, सम्पादक उमेश चौहानविरुद्ध मुद्दा दायर गरेका छन् । 

Advertisement

छन् । 

श्री काठमाण्डौ जिल्ला अदालतमा दायर गरेको

फिराद-पत्र

 

चन्द्रकान्त लामिछानेको नाति, लालचन्द लामिछानको छोरा का. जि.का.म.न.पा. वडा नं.६ बौद्ध महांकाल बस्ने वर्ष ४४ को रवि लामिछानको वारेश जिल्ला रौतहट परोहा फिरादपत्रवाला न.पा. वडा नं. ४ स्थायी ठेगाना भई हाल का.जि. का.म.न.पा वडा नं. ३४ बस्ने मो. अनवारुल हकको छोरा बर्ष २६ को अधिवक्ता मो. अफताब आलम। मो.न९८०१०८९७८६) वादि

बिरुद्द

काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ११ सेन्ट्रल बिजनेश पार्क थापाथलीमा रहेको कान्तिपुर पब्लीकेशन लि. (दर्ता नं. ३१/०४९-५०) मो.नं.+९७७-१-५१३५०००, ९८०१५७२२२२).. १

ऐ. ऐ. स्थित कान्तिपुर पब्लीकेशन लि. मा अध्यक्ष पदमा रहेको अ.वर्ष ५५ को कैलाश, सिरोहिया............. १

ऐ.ऐ. स्थित कान्तिपुर पब्लीकेशन लि. को प्रबन्ध निर्देशक पदमा रहेको अ.वर्ष ३३ को सम्भव सिरोहीया १

विपक्षी प्रतिवादि

ऐ.ऐ. स्थित कान्तिपुर पब्लीकेशन लि. द्वारा सन्चालित कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकाको प्रधान सम्पादक पदमा कार्यरत अ. वर्ष ३१ को उमेश चौहान.............१ काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ११ सेन्टल बिजनेश पार्क थापाथलीमा रहेको कान्तिपुर पब्लीकेशन लि. द्वारा संचालित अनलाईन पत्रिका ekantipur.com... काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ११ सेन्ट्रल बिजनेश पार्क थापाथलीमा 'हेको कान्तिपुर पब्लीकेशन लि. द्वारा संचालित कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका......१

मुद्दाः गालि बेइज्जती ।

उल्लेखित विपक्षीहरुले म बादीलाई तलका प्रकरणहरुमा लेखिए बमोजिम अन्याय गरेको हुँदा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४५, ५३, मुलुकी अपराध सहिता २०७४ को गालि बेइज्यति सम्बन्धी कसुरको दफा ३०६, ३०७, ३०८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ७ समेतका कानुनी व्यवस्थाका अधिनमा रही यो फिरादपत्र लिई उपस्थित भएको छु । पत्रपत्रिकाले भ्रामक र गलत समाचार प्रकाशित गरेकोमा नेपाल प्रेस काउन्सिलमा उजुरी गर्ने वा सम्मानित अदालतेमा गाली बेइज्जतीको मैदा गरी उपचार खोज्ने २ मार्ग मध्ये कुन मार्ग रोज्ने भन्ने पिडितको छनोटमा भर पर्ने कोले विपक्षीहरुबाट भएको अन्यायको उपचार खोज्न कानून बमोजिम मैले यस अदालतमा पार गरी न्याय खोज्ने मार्ग अवलम्बन गरको छ । तसर्थः मेरा साक्षी सबद प्रमाण समेतका आधारमा विपक्षीहरुलाई हदै सम्मको जरिवाना र कैदको सजाय गर्नुका अक्तिरित मेरो समाजिक, व्यवसायिक तथा राजनैतिक प्रतिष्ठा एंव ख्याति समेतलाई विचार गरी क्षतिपुर्तिको रकम र प्रस्तुत मुद्धा गर्दा लागेको खर्च समेत विपक्षीहरुवाट दिलाई भराई पाउँ । १ क. म फिरादी राष्ट्रिय स्वतन्त्र पार्टिको सभापति हु। म फिरादी राजनितिमा प्रवेश गर्नु अघि एक टेलिभिजन प्रस्तोता समेत रहेको थिए। फिरादी कार्यकम प्रस्तोता भई कार्यक्रम चलाउँदा कै अवस्थामा सन. २०१३ मा नेपालको न्यूज ट्वान्टी फोर टेलिभिजन (News 24) मा निरन्तर ६० घण्टा भन्दा बढी समय टेलिभिजन अन्र्तवार्ता चलाएर गिनिज वर्ल्ड रेकर्डस समेत कायम गरेको छु । कार्यक्रम प्रस्तोता भई कार्यक्रम चलाउंदा विशेष गरेर ठगी वा भ्रष्ट्राचारको सिकार भएका सर्वसाधारणका गुनासो, विदेशमा अलपत्र परेका व्यक्तिहरु तथा बिदेशमा बेचिएका चेलिहरुको उद्धार गर्ने लगाएतका विषयहरुलाई आफ्नो कार्यक्रममा स्थान दिई कार्यक्रम प्रस्तोताको रुपमै आफुले सक्ने सहयोग गरिरहेको थिए। यसै कममा, म फिरादीले देश र जनताको थप सेवा गर्ने उदेश्यका साथ प्रतिनिधि सभा निर्वाचन २०७९ मा प्रत्यक्ष तर्फको लागी प्रतिस्पर्धा गर्ने उदेश्य साथ मिति २०७९।०३।०७ गते राष्ट्रिय स्वतन्त्र पार्टी नामक नयाँ राजनैतिक दलको गठन गरी प्रतिनिधि सभा निर्वाचन चितवन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित भई उपप्रधान सहित गृहमन्त्रीमा नियुक्ती भएको थिए । त्यसपछी सम्मानित श्री सर्वोच्च अदालतबाट उत्प्रेषण परमादेश रि.नं.०७९-w८-००३५/ ००३६) मा भएको आदेश वमोजिम पुनः निर्वाचनमा उमेद्धवारी दायर गरी पुनः प्रतिनिधि सभा निर्वाचन चितवन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित भई हालसम्म पनी प्रतिनिधि सभा निर्वाचन चितवन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य रही देशको समग्र बिकाश तथा राज्यको निति निर्माणमा आफनो शिप, क्षमता, बुद्धि बिवेकले भ्याए सम्म दत्तचित्त भई कर्तव्य पालन गरिरहेको छु । Rinstink ख) यसै कममा, म फिरादी पोखराको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा कसैले बदनियपुर्ण ढंगले मकैको खोया प्रहार गरेकोमा विपक्षी प्रतिवादीहरुले अनलाईन पत्रिका ekantipur.com मा उक्त व्यक्ति सहकारी पिडित रहेको भनी समाचार प्रकाशित गरेको थियो। मैले सो सम्बन्धमा सम्बन्धित निकाय तथा प्रहरी कार्यालय समेतमा सोधपुछ गर्दा उक्त व्यक्ति सहकारी पिडित नरहेको भन्ने बाहा पाएको र विपक्षीहरुले कुनै एक अमुक व्यक्तिलाई पिडितको संज्ञा दिई समाचार प्रकाशित गरेको सम्बन्धमा मैले आफ्नो सामाजिक सन्जानमा तथ्यहरु उल्लेख गरी प्रकाशित गरेपछी उक्त समाचार गलत भएको भनी समाचारको अन्तिममा उल्लेख गरेको तर खण्डन भनी उल्लेख नगरेकोले सम्वन्धमा चिक्त नबुझाई सम्बन्धित निकायमा निवेदन समेत दिएको थिएँ। त्यसपछी, मिति २०८०१०९१०९ मा ग्यालेक्सी टिभीका संचालकले हिनामिना गरे १९ हजार पोखरेलीको डेढ अर्थ बचते" भन्ने शिर्षक राखी मेरो जानकारी र सहमति बिना भ्रामक झुट्टा समाचारहरु कान्तिपुर पुब्लीकेशन लि.ले प्रकाशित गर्ने गरेको कान्तीपुर राष्टिय दैनिक पत्रिकामा प्रकाशित गरिएको रहेछ । जसमा "...... सदस्य नै नरहेको रवि लामिछानेका नाममा १ करोडको कर्जा" भनी झुट्ठा तथा भ्रामक व्यहोरा उल्लेख गरेको अवस्था रहेको छ। त्यसको भोली पल्ट अर्थात मिति २०५०/०९/१० "...... साहारा चितवन सहकारीका बचतकर्ता बेसहारा, ८५ करोड हिनामिना, विनाधितो १२ करोड ग्यालेक्सीमा " भनी मेरो जानकारी र सहमति बिना मेरो फोटो समेत राखी भ्रामक झुट्टा समाचार तथा चित्र प्रकाशित गरिएको रहेछ। त्यस्तै, मिति २०५०१०९११३ गते प्रकाशित कान्तीपुर राष्टिय दैनिक पत्रिकामा सहकारीको रकमको हिनामिना मैले नै गरेको हो भन्ने भान गराई मेरो समेत संलग्नता रहेको छ भनी पुनः समाचार प्रकाशित गरिएको छ । त्यस्तै, मिति २०८०१०९१२ गते "सहकारी घोटालामा रवि लामिछानेकी प्रत्यक्ष संलग्नता, बुटवलको सहकारीबाट करोड उठाएर ग्यालेक्सी टिभिमा सेयर" भन्ने शिक्षक राखी एउटा भौचर र म समेतको फोटो राखी भौचरमा भएको हस्ताक्षर मेरो रहेको उक्त भौचरमा मेरो नाम उल्लेख भएको भनी पत्रिका तथा अनलाईन मार्फत समाचार प्रकाशित गरेकोमा उक्त भौचरको सम्बन्धमा म संग केही पनि नसोधी मेरो हस्ताक्षर नै नभएको उक्त भौचरमा भए‌को हस्ताक्षर मेरो रहेको भनी उल्लेख गरेको छ। त्यसैगरी विपक्षी प्रतिवादीहरुले संचालन गरेको विपक्षी अनलाईन पत्रिका ekantipur.com मा समेत माथि उल्लेखित सामाग्री प्रकाशित गरी सो समाचारहरुलाई सामाजिक सन्जालमा पुनः प्रकशित तथा प्रसारित गरी मेरो बारेको तथ्यलाई तोडमोड गरी म फिरादीको बेइज्जति हुने गरी नितान्त कुठो, कपोकलकल्पित, भ्रामक तथा दुराशययुक्त समाचार प्रकाशन तथा प्रसारण गरेको रहेछ । ग) वास्तवमा, तत्कालिन समयमा गोखां मिडिया नेटवर्क प्रा.लि. को प्रवन्ध निर्देषकको रुपमा केही समय रहेतापनी म फिरादी उक्त प्रा. लि. बाट विधिसम्मत छुट्टीई सकेको अवस्थामा विपक्षी प्रतिवादीहरुले तथ्यलाई तोडमोड गरी कानुनी रुपमा छुट्टी सकेको कम्पनीको पुरानो सेयर लगत अर्थात मिति २०७८।०६।२३ गतेको राखी म फिरादीलाई समाजमा नराम्रो देखाउने, बेइज्जत गर्ने कलुषित मनोभावना राखी सामाचार प्रकाशित गरेको प्रष्ट छ । गोखां मिडिया नेटवर्कले संचालन गरेको ग्यालेक्सी टिभिमा दोस्रो बरियतामा (कार्यकारी अध्यक्ष समेत रहेको कम्पनीमा। रहि मैले समाचार सामाग्री प्रसारण गर्ने लगाएतका कामको नेतृत्व गरेको मात्र हो। यसरी, विपक्षी प्रतिवादीहरुले आफ्‌नो राष्ट्रिय दैनिक पत्रिकामा तथा अनलाईन पत्रिका ekantipur.com समेतबाट सहकारी घोटालामा मेरो प्रत्यक्ष संलग्नता भनेर फ्रन्ट पेजमा ठुलो हेडलाईन राखी कुठ्ठा तथा भ्रामक प्रमाणहरु देखाई जवरजस्ति रुपमा सहकारीको रकम अनियमिततामा मेरो संलग्नता रहेको छ भनी पुष्ट्याई गर्न खोजिरहेकोले पनि विपक्षी प्रतिवादीहरु कसैको उक्साहट र अमुक व्यक्तिहरुको दुषित मार्ग निर्देशनको पालना गरी मलाई दोषि देखाउन लागी परेको प्रष्ट हुन्छ। कुनै एक मिडिया कम्पनी कुनै एक व्यक्तिलाई सिध्याउनै लागी परी कसरी समाजमा बेइज्जत गर्न सकिन्छ भनी आफ्नो लोकप्रीयताको गलत प्रयोग गरी प्रकाशित भएको उक्त समाचार भ्रामक एवंम व‌नियतपूर्ण रहेको प्रष्ट छ । सो सम्बन्धमा मैले विपक्षीहरुलाई जनकारी गराउदै आफ्नो भएको सत्यतथ्य व्यहोरा साथ सामजिक संजालमा प्रकाशित गरेकोमा मैले उल्लेख गरेको व्यहोराहरुलाई विपक्षी प्रतिवादीहरुले अझै Ego को रुपमा लिई पत्रकारीताको धर्म र मर्म विपरित मेरो सम्बन्धमा झुट्ठा समाचारहरु प्रकाशित गरिरहेको अवस्था छ घ) त्यसैगरी, आफले कानुनतः छोडीसकेको कम्पनी के कस्तो अवस्थामा के कस्तो काम रहीरहेको छ भन्ने करा मेरो चासोको बिषय नरहेतापनी एक राजनितिककर्मीका नाताले उक्त सहकारीहरुमा रकम राखेका पिडितहरुको आर्थिक अवस्था समेतलाई ख्यालमा राख्दै आफूले गर्नु पर्ने र गर्न सक्ने कामहरु तथा पहलहरु गरिरहेकै छु। यसरी, आफनो पद र जिम्मेवारीलाई मनन गर्दै पिडितहरुकै पक्षमा उभिएर काम गरिरहेको म फिरादीलाई मेरै कारणले गर्दा ठगी भई बचतकर्ताहरु पिडित हुन पुगेका हुन भन्ने आशयका साथ मिति २०८०१०९१०९ गते देखि लगातार मिति २०८०१०९११३ गते सम्म कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका र अनलाईन पत्रिका ekantipur.com समेतबाट झुट्ठा समाचार प्रकाशित गरी विभिन्न प्रकरणहरुमा मेरो नाम समेत जोडी, कुट्ठा व्यहोरा उल्लेख गरी विपक्षीहरुले प्रकाशित गरेको समाचारहरुले मेरो स्वच्छ, सफा राजनीतिक छविमा गम्भिर आधात पुगेको मात्र नभई मेरो व्यक्तिगत तथा राजनैतिक जिवनमा पनि गम्भिर असर पुग्न गएको छ। साथै, विपक्षी विधुतिय पत्रिकामा आएको समाचारले मेरो परिवारमा समेत मानसिकरुपमा असर परेको साथै आम सर्वसाधारण जनताहरुमा भ्रम पैदा गरेको र यसको असर दर्घकालसम्म रहने देखिन्छ जुन क्षति अपुरणिय समेत छ । ङ) त्यसैगरी, सही सत्य घटनालाई मात्र छिटो, छरितो एंव सरल ढंगवाट सर्वसाधरण समक्ष ल्याउन् पत्रकारीताको न्यूनतम धर्म र दायित्व हो। राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारीता जगतले कस्तो समाचार संप्रेषण तथा प्रकाशन गर्नु हुन्छ। पत्रकारीताको मूल सिद्धान्त के हो भन्ने जस्ता सामान्य विषयको पनि ख्याल गरी विपक्षीहरुबाट म फिरादीको बेइज्जति हुने गरी समाचार प्रकाशन गरिएको छ- अनियन्त्रित एवं अकल्पनिय बाढीले जस्तो समाचारको आवरणमा सार्वजनिक पद धारण गरेको भन्ने आधारमा मात्र जेजस्तो समाचार बनाउँदा पनि हुन्छ भनी जथाभावि गर्ने छुट पत्रकारीता जगतलाई नेपालको संविधान र प्रचलित नेपाल कानून बमोजिम नभएको अवस्थामा पूर्वाग्रही भई मेरो विरुद्ध गलत समाचार प्रकाशन गरिएको तथ्य निर्विवाद रुपमा स्थापित छ। च) ससूचित गर्ने तथा सुसूचित हुने हक अन्र्तगत जे पनि प्रकाशन गर्न पाईने होईन। उत्तरदायित्व र जिम्मेवारी बिनाको प्रेस स्वतन्त्रता Press Freedom without Responsibility and Accountability) सम्भब हुन सक्दैन र यसले कसैको पनि हित गर्दैन। यसले पत्रकारीताको आर्दशलाई मार्दछ । सत्यता तथा यथार्थता Truthfulness and accuracy) स्वच्छता र शिष्ठता Fair play and decency भन्दा बाहिर गई पत्रकारीताको मूल्य र मान्यता Norm and values तथा पत्रकारीताको सिद्धान्त (Canons of journalism) लाई बिल्कुल बेवास्ता गरि म फिरादीको मानमर्दन तथा चरित्र हत्या Defamation and assassination of Character कसरी गर्न सकिन्छ भन्नेमा मात्र सिमित भई मेरो विरुद्धको समाचार प्रकाशन गरिएको तथ्य तथा यसमा प्रयुक्त भाषा, शैलि तथा शब्दावलिले नै निर्विवादरुपमा स्पष्ट पारेको अवस्था छ । छ) वस्तनिष्ठ (Objective) एंव सही (Accurate) समाचार मात्र प्रवाह गर्नुपर्नेमा म फिरादीको ख्याति, चरित्र, आचरण, नैतिकता, राष्ट्रीय तथा सामाजिक प्रतिष्ठामा स्पष्टतः गम्भिर घृणा, द्वेष तथा अवहेलना हुने, धक्का पुग्ने गरी विपक्षीहरुले निराधार समाचार प्रकाशन गरिएको छ । मिति २०८०१०९१०९ मा ग्यालेक्सी टिभीका संचालकले हिनामिना गरे १९ हजार पोखरेलीको डेढ अर्थ बचत", "...... साहारा चितवन सहकारीका बचतकर्ता बेसहारा, ८५ करोड हिनामिना, विनाधितो १२ करोड ग्यालेक्सीमा ", भन्ने शिर्षक राखि तथा मिति २०५०१०९११३ गते प्रकाशित कान्तीपुर राष्ट्रिय दैनिक पत्रिकामा सहकारीको रकमको हिनामिना मैले नै गरेको हो भन्ने भान गराई मेरो समेत संलग्नता रहेको छ भनी पुनः समाचार प्रकाशित गरिएको र उक्त समाचारहरुलाई अनलाईन पत्रिका ekantipur.com समेतबाट प्रकाशन गरीएको यसरी मेरो समेत नाम जोडी विपक्षीहरुले पत्रिका मार्फत तथा अनलाईन पत्रिका ekantipur.com समेतबाट मिति २०८०१०९।०९ गते देखी हाल सम्म प्रकाशन गरेको गलत समाचार कनै हालतमा क्षम्य हुन सक्दैन। गैरजिम्मेवार तवरले कपोलकल्पित समाचार प्रकाशन गरी मलाई लाञ्छित गर्ने, मेरो दशकौ लामो सामाजिक, व्यवसायीक, राजनैतिक तथा पेशागत जिवन समाप्त पार्ने कुनियत राख्ने, चरित्र हत्या गर्ने तथा मानमर्दन गर्ने अधिकार यि विपक्षी प्रतिवादीहरुलाई छैन । पत्रकारीताको मूल मन्त्रलाई विर्सेर गरीए‌को प्रकाशन नितान्त दोषयुक्त छ। यस्तो झुट समाचार सम्पादन तथा प्रकाशन गर्ने विपक्षी प्रतिबादीहरुलाई कानून बमोजिम कारवाही नगर्ने हो भने पत्रकारीताको नाउँमा जस्ले जे गरेपनि हुने परिस्थितिको सिर्जना हुनुको अतिरिक्त कानुनी व्यवस्था समेत निस्प्रभावी हुने हुँदा मेरा बिरुद्ध झुट्टो भ्रामक समाचार सम्पादन र प्रकाशन गर्ने विपक्षीहरुलाई हदै सजाय गरी न्याय दिलाई पाउँ । ज) अतः उपरोक्त उल्लेख गरे बमोजिम म फिरादीको इंज्जत, सामाजिक प्रतिष्ठा, राजनैतिक जिवन, सम्मान, पेशा तथा व्यवसायीक जिवनमा समेत गम्भिर धक्का पुराउने कलुषित मनसाय राखी मेरो इज्जतमा घृणा तथा अवहेलना हुने गरी मैले आर्जन गरेको ख्यातिलाई ध्वस्त पार्ने बदनियत चिताई जानि बुझि सार्वजनिक, रुपमा मेरो चरित्र हत्या हुने गरी विपक्षीहरुले उल्लेखित मिति २०८०१०९१०९ गते देखी मिति २०८०१०९११३ गते सम्म कान्तिपुर राष्टिय दैनिक पत्रिका र अनलाईन पत्रिका ekantipur.com समेतबाट झुट्टो समाचार संप्रेषण एवं प्रकाशन गरी म फिरादी समेतको नाम जोडी गालि बेइज्जती गरी मुलुकी अपराध सहिता २०७४ को गालि बेइज्जती सम्बन्धी परिच्छेदको दफा ३०५, ३०६ को ०१ र ०२ तथा दफा ३०७ को कसुर गर्नु भएकोले विपक्षीहरुलाई ऐ. ऐ.को दफा ३०५ तथा दफा ३०७ बमोजिम हदै सम्मको कैदको सजाय गरी म तथा मेरो परिवारको इज्जत प्रतिष्ठा, व्यवसाय तथा राजनितिमा समेत हानि नोक्सानि भएकोले सो समेतलाई मध्यनजर गरी यी फिरादपत्र दर्ता गर्न लाग्ने कानुन व्यवसायीको फी, वारेश खर्च, अदालती शुल्क लगायतको खर्च सहित समग्रमा मलाई पर्न गएको क्षतिको न्यायोचित मुल्यांकन गरी ऐ ऐनको दफा ३०७ को १ बमोजिम विपक्षी प्रतिवादीहरुबाट सांकेतिक रुपमा क्षतिपुर्ति रकम रु.१५१ एक सय एकाउन्न) दिलाई भराई पाऊँ ।
२. यो फिराद पत्र न्याय प्रशासन ऐन, २०७३ को दफा ७ र मुलुकी फौजदारी संहिता दफा ४५, बमोजिम यसै अदालतको अधिकार क्षेत्र भित्र पर्दछ ।
३. यो फिराद गर्न मुलुकी अपराध संहिता २०७४ को दफा ३०८ बमोजिमको हदम्याद रहदै आएको छ।
४ प्रस्तुत विषयमा अन्यत्र फिराद गरेको छैन ।
५. प्रतिवादिलाई अदालतबाटै म्याद तामेल गर्ने व्यबस्था गरी पाऊँ ।
६. मैले उक्त मुद्दामा कानून व्यवसायिहरुको नियुक्त गरेको छैन, पछि मेरो तर्फबाट बहस गर्नु हुने कानुन व्यवसायीको बहसलाई समेत प्रमाणमा लिई पाउँ ।
७. फिराद दतां गर्दा लाग्ने आवश्यक दस्तुर यसै साथ बुझाउन ल्याएको छु।
८. साक्षीहरुः
क. सिन्धुपाल्चोक जिल्ला साबिक ढोकर्पा गा.वि.स वडा नं ३ बस्ने शिव प्रसाद न्यौपानेको छोरा वर्ष अ. ४३ को प्रमोद न्यौपाने,
ख. कन्चनपुर जिल्ला भिमदत्त न.पा. वडा न ६ बस्ने माया रावलको छोरी चर्ष ३० की प्रतिमा रावल
९. प्रमाण कागजहरु:-
यस विषयमा देहायको प्रमाण सम्बन्धी कागजातको प्रतिलिपि संकलन गरेको छ ।
क। कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित समाचारहरुको थान,
च) ekantipur.com मा प्रकाशित समाचारहरुको प्रतिपिपी
ग। मेरो नागरिकता प्रमाण पत्रको प्रतिलिपी पाना
१०. माथि लेखिए‌को व्यहोरा ठिक सांची छ, कुठ्‌ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
फिरादपत्रवाला
वा. अधिवक्ता मो. अफताब आलम
इति सम्बत् २०५० साल पौष महिना १७ गते रोज ३ मनम

 

Advertisement

Advertisement