शेयर बजार लगातार छैठौं दिन तल झर्यो, ४ अर्बको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । बजार पुस ५ गतेबाटै लगातार ओरालो लागिरहेको छ । 

आज छैठौं दिन पनि बजार उच्च अंकले घटेको हो । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३०.०५ अंकले घटेको हो । १.४५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०३०.१० अंकमा ओर्लिएको छ । 

आज ३०५ कम्पनीका १ करोड ११ लाख ८५ हजार ७ सय १२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९ सय २२.७३ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजार घटे पनि विभिन्न ४ कम्पनीका शेयरधनीहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । चिरख्वा हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वायरहाउजिङ र लक्ष्मी लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९८, ९.९७ र ९.९६ प्रतिशतले नाफा कमाएका छन् । 

शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १६ करोड ११ लाख ७ हजार ९ सय ५६.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार तमु ल्होसारको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने हिजो सोमबार ८.७५ प्रतिशतले बजार घट्दा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१.३४ रुपियाँ बराबरको कारोबार भएको थियो ।
 
 

Advertisement

Advertisement