काठमाडौं । नेप्सेमा सूचीकृत विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । दुई हाइड्रोपावर र एक लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
यसैक्रममा जीवन विकास लघुवित्तले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १३२२.०२ कायम गरिएको छ । यसअघि रु. १५०७.१० थियो ।
त्यसैगरी यूनिभर्सल पावर कम्पनीले शेयरधनीहरुलाई ८.५५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २०१.७५ कायम गरिएको छ । यसअघि रु. २१९ थियो ।
त्यस्तै कालिका पावर कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३३४.५५ कायम गरिएको छ । यसअघि रु. ३६८ थियो ।
बुधबारदेखि यी तीनै कम्पनीको समायोजन गरिएको मूल्यबाट शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।