आगलागीपछि जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रुलाई बाहिर निकालियो

Advertisement

काठमाडौं । टोकियोको हानेदा विमानस्थलमा आगलागी भएको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको स्थानीय सञ्चारमाध्यमले बताएको छ । 

होक्काइडो प्रिफेक्चरको न्यु चितोसे एयरपोर्टबाट टोकियोको हानेडा एयरपोर्टका लागि उडान ५१६, हानेडा एयरपोर्टमा अवतरण गरेपछि जापान कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो । 

Advertisement

सार्वजनिक प्रशारणकर्ता एनएचकेले जापान एयरलाइन्सलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । दमकलले आगो निभाउने काम गरिरहेको बताइएको छ । 

एनएचके फुटेजले जापान एयरलाइन्सको विमानको एक छेउबाट आगोको ठूलो विस्फोट देखाएको छ । यो धावनमार्गमा ट्याक्सी चलिरहेको पनि देखिएको छ । सिन्ह्वा–नान
 

Advertisement

Advertisement