ज्वारचन ए३२० मोडलका जहाजको ‘डीसीपी लाइसेन्स पाउने पहिलो नेपाली पाइलट बन्न सफल

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट दीपु ज्वारचन न्यारोबडी जहाज ए३२० मोडलको जहाजका लागि ‘डेजिगनेटेड चेक पाइलट’ (डीसीपी)को लाइसेन्स पाउने पहिलो व्यक्ति बन्न सफल भएका छन् ।

नेपालमा दर्ता भएका वायुसेवा कम्पनीमा कार्यरत पाइलटहरुमध्ये यस्तो लाइसेन्स पाउने उनी पहिलो पाइलट बन्न सफल भएका हुन् । 

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले नेपाली एयरलाइन्स कम्पनीहरुमा ए३२० मोडलका जहाज चलाउने अहिलेसम्म विदेशी पाइलटहरु मात्रै रहेकोमा ज्वारचन पहिलो नेपाली पाइलट बनेका छन् । हाल यो मोडलका जहाज चलाउने नेपाली वायुसेवा प्रदायक संस्था नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स छन् । 

प्राधिकरणले ज्वारचनलाई आज मंगलबार ए३२० मोडलका जहाजको पाइलटका लागि योग्य घोषित गरेको हो । उनी प्रशिक्षक पाइलट समेत हुन् । 

Advertisement

Advertisement