छ दिन लगातार घटेको शेयर बजारमा सातौं दिन सुधार, चार अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । छ दिन लगातार घटेको शेयर बजार आज भने उचालिएको छ । गत पुस ५ गते बिहीबारदेखि बजार निरन्तर ओरालो झरेको थियो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.९० अंकले बढेको हो । १.३७ प्रतिशतले बजार बढ्दा नेप्से २०५८ अंकमा उक्लिएको छ । 

Advertisement

आज ३०६ कम्पनीका १ करोड ५ लाख ४ सय ९८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४ सय ५४.४९ रुपियाँ बराबरको कारोबार भएको हो । 

विभिनन्न ११ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । दिब्यश्वरी हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रो, भगवती हाइड्रो, सोना मिनिरल्स र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् ।

त्यस्तै लक्ष्मी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.१० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २६ करोड ६३ लाख ९१ हजार ४ सय १६.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार तमु ल्होसारको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने सोमबार ८.७५ प्रतिशतले बजार घट्दा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१.३४ रुपियाँ र हिजो मंगलबार ३०.०५ अंकले बजार घट्दा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९ सय २२.७३ रुपियाँ बराबरको कारोबार भएको थियो ।
 
 

Advertisement

Advertisement