जकार्ता (सिन्ह्वा) । इन्डोनेसियाको पश्चिमी सुमात्रा प्रान्तमा रहेको मिनाङ्काबाउ अन्तरराष्ट्रिय विमानस्थल शुक्रबार अस्थायी रूपमा बन्द गरिएको छ । मारापी क्षेत्रमा ज्वालामुखी विस्फोटपछि उक्त निर्णय लिइएको बताइएको छ ।
‘यस निर्णयबाट असुविधा हुनसक्छ तर सबैको सुरक्षा मुख्य प्राथमिकता हो, र आशा छ अवस्था चाँडै सुधार हुनेछ’ू यातायात मन्त्रालयको हवाई यातायातका महानिर्देशक क्रिस्टी एन्डाह मुर्नीले उल्लेख गरेका छन् ।
उनले ज्वालामुखीको खरानीले इन्जिनलाई हानि पुर्यामउन सक्छ र उडानमा खतरामा पार्न सक्ने बताउनु भएको छ । विमानस्थल बन्दका कारण २९ वटा उडान पुनः सार्नुपरेको थियो । यही ३ डिसेम्बरमा मारापी ज्वालामुखी विस्फोट हुँदा २३ जना पर्वतारोहीको मृत्यु भएको थियो भने ५२ जना घाइते भएका थिए ।