काठमाडौं । प्राइम कमर्सियल बैंकको नायब महाप्रबन्धक (डीजीएम) मा सुमितबाबु खत्री नियुक्त भएका छन् ।
खत्री कात्तिक २० गतेदेखि लागू हुने गरी बैंकको डीजीएममा नियुक्त भएका हुन् । खत्री बैंकिङ क्षेत्रमा विगत २४ वर्षदेखि आबद्ध छन् ।
सिटिजन्स बैंकको स्थापना कालदेखि नै कार्यरत खत्री यसअघि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए । खत्री एक महिनाअघि मात्रै सिटिजन्स बैंकबाट बाहिरिएका थिए ।
खत्री बैंकिङ क्षेत्रमा कर्जा विज्ञको रुपमा परिचित रहेका छन् । खत्रीले ठूला ठूला भौतिक निर्माण आयोजनाहरुमा बैकिङ कर्जा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आईरहेका छन् ।