नवौं नेपाल उड अन्तर्राष्ट्रिय एक्स्पोः उपभोक्ता भन्छन्– काठको उपलब्धतालाई विस्तार गर्नुपर्छ

Advertisement

काठमाडौं । ९औँ नेपाल वुड अन्तर्राष्ट्रिय मेलामा पुगेका अधिकांश उपभोक्ताहरूले नेपालमा काठको उपलब्धतालाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली बजारमा काठजन्य सामग्रीहरूको उपलब्धतालाई विस्तार गर्न नसक्नाले पनि काठजन्य सामग्रीभन्दा प्लास्टिकजन्य सामग्रीको प्रयोग बढी हुने गरेको बताउँदै साथै, मेलामा नयाँ नयाँ डिजाइनका सामग्री देखिए पनि मूल्य महँगो भएको उनीहरूको गुनासो थियो । 

प्लास्टिकभन्दा काठको प्रयोमगा बढी जोड दिनुपर्नेमा उपभोक्ताले जोड दिनुपर्ने बताए । मेलामा पुगेका अवलोकनकर्ता अर्जुनप्रसाद पराजुलीले मेलामा नयाँ नयाँ प्रोडक्ट पाएको बताए । प्लास्टिकको सामान काठका जस्ता लामो समय टिक्ने र राम्रो नहुने भएकाले काठको बढी प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । 

Advertisement

त्यस्तै, अवलोकनकर्ता प्रेम राईले प्लास्टिकका सामग्री किन्ने क्रम बढेकाले काठका सामग्रीको मूल्यमा कम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले प्लास्टिक वातावरणीय हिसाबले हानिकारक रहेको भन्दै जंगल बढाएर त्यहाँबाट काठ प्रयोग गर्न सक्नुपर्ने धारणा राखे । 
पुस २० गतेबाट सुरु भएको मेला आइतबारसम्म चल्नेछ । डिया स्पेस सोलुसन्स प्रालि नेपाल र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालि भारतको संयुक्त आयोजनामा सञ्चालित मेलामा ८० कम्पनीले १५० भन्दा बढी ब्रान्डका सामान राखेका छन् । मेलामा नेपाल, भारत, चीन, मलेसिया, इटालीलगायत देशका कम्पनीका स्टलसमेत रहेका छन् ।

 

 

Advertisement