कामना सेवा विकास बैंकद्वारा टोल विकास संस्थालाई डस्टबिन हस्तान्तरण

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक शाखा कार्यालय बिर्तामोड, झापा मार्फत हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गर्नुका साथै सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

बैंकका शाखा कार्यालय बिर्तामोडका शाखा प्रमुख मोदनाथ गुरागाईले हिमशिखर टोल विकास संस्थाको अध्यक्ष देवराज प्रसाईको उपस्थितिमा सरसफाई  कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गरिएको हो । 

Advertisement

उक्त कार्यक्रममा स्थानीय महानुभावहरु नजिकका संस्थाहरूका विशेष आमन्त्रितहरूको साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
 

Advertisement

Advertisement