शेयर बजार घट्दा पनि आठ कम्पनीका लगानीकर्ताले नौ प्रतिशत बढी कमाए

Advertisement

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । बजार ओरालो लाग्न थालेपछि शेयर बेच्नेहरु बढेका छन् । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.३६ अंकले घटेको हो । १.२८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२.९२ अंकमा पुगेको छ । 

Advertisement

आज ३०४ कम्पनीका १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९.८५ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि विभिन्न ८ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । 

तेह्रथुम पावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वायरहाउजिङ, धौलागिरि लघुवित्त, सिंगटी हाइड्रो, नेपाल हाइड्रो, माथिल्लो मैलुङखोला र बिन्ध्यवासिनी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९८, ९.९६, ९.९६, ९.७७, ९.७१ र ९.६१ प्रतिशतले नाफा कमाएका हुन् ।

त्यस्तै मानुषी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.६९ प्रतिशतले घाटा व्यहोरेका छन् । 

साताको पहिलो दिन आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड ५६ हजार ४ सय ४.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।    
 

Advertisement

Advertisement