इङ्वा हाइड्रोपावरको १४औं साधारणसभा सम्पन्न

Advertisement

काठमाडौं । इङ्वा हाइड्रोपावर लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

थापागाउँ स्थित बानेश्वर ब्याङ्क्वेटमा सम्पन्न साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्दै पारित गरेको हो ।  

Advertisement

साथै, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण पारित गरेको छ । चालू आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षक नियुक्ति गर्दै सोको पारिश्रमिक निर्धारणसमते तोकेको छ । 

सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा इन्द्रमणि त्रिताल र भेजप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १३ गते एक दिन बुक क्लोज गरेको थियो । यस हाइड्रोपावर कम्पनीले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि १८ करोड रुपियाँ बराबरको १८ लाख कित्ता बराबरको आइपीओ बिक्री खुला गरेको थियो । 

कम्पनीले प्रबर्द्धन गरिरहेको ९।७ मेगावाटको इङ्वा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य जलविद्युत परियोजना हो। 

Advertisement

Advertisement