माउन्टेन र जितुमाया सुरी हाइड्रोपावरको साधारणसभा आज

Advertisement

काठमाडौं  । सोमबार दुई हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा बस्दैछ । 

माउन्टेन हाइड्रो नेपाल र मकर जितुमाया सुरी हाइड्रोपावरले साधारणसभा बोलाएका छन् । तर, यी दुवै कम्पनीले लगानीकर्तालाई लाभांश प्रस्ताव भने गरेका छैनन् । 

Advertisement

माउन्टेन हाइड्रो नेपालको सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने बताइएको छ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । यसले सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।

त्यसैगरी मकर जितुमाया सुरी हाइड्रोपावरको सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने बताइएको छ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसैगरी, सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने विशेष प्रस्ताव पनि रहेको कम्पनीले बताएको छ । 

साधारणसभा प्रयोजनका लागि हाइड्रोपावरले पुस २ गते बुक क्लोज गरिसकेको छ । 

Advertisement

Advertisement