काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव समबहादुर भट्टले जनाएका छन् ।
उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।