शेयर बजारमा उच्च अंकको सुधार, साढे चार अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार उच्च अंकले उचालिएको छ । बजार उचालिएसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३६.५७ अंकले बढेको हो । १.८० प्रतिशतले बजार उचालिंदा नेप्से २०५९.४९ अंकमा पुगेको छ । 

Advertisement

आज ३०९ कम्पनीका १ करोड ३७ लाख ९ हजार २ सय ७६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९ सय ६.२८ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेको दिन आज विभिन्न १५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । आजैबाट कारोबार शुरु भएको हिमालयन रि–इन्स्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता रु. ३४०.१० पुगेको छ । 

सिंगटी हाइड्रो, मोदी इनर्जी, त्रिशुली जलविद्युत कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । 

नेपाल वायरहाउजिङ, तेह्रथुम पावर, समाज लघुवित्त, सामलिङ पावर, कालिका पावर, सानिमा मिडल तमोर हाइड्रो, स्वाभिमान लघुवित्त, इन्फिनिटी लघुवित्त, मेन्छियाम हाइड्रो र मन्दाकिनी हाइड्रोका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका हुन् । 

त्यस्तै समग्रमा बजार बढे पनि नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.४६ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पनि सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ८४ लाख ८२ हजार ८ सय ८०.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार २६.३६ अंकले बजार घट्दा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९.८५ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement