काठमाडौं । राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनमा आफ्नो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गम्भीर प्रक्रियागत त्रुटी र स्वेच्छाचारिता देखाएको भन्दै कांग्रेसका नेताद्धय अर्जुननरसिंह केसी र बलबहादुर केसीले विरोध जनाएका छन् ।
आफ्नो पार्टीबाट उम्मेदवार चयन केन्द्रीय समितिको निर्णयविपरित गरिएको भन्दै उनीहरुले फरक मत राखेका हुन् ।
यस्तो छ नेताद्धयले दर्ता गरेको फरक मतः