निरंकुश लोकतन्त्रः पुनः सेना प्रहरी प्रयोग गरी हसिनाद्धारा चुनावमा अधिकांश सिट कब्जा

Advertisement

काठमाडौं । संसदीय निर्वाचनमा बंगलादेशको सत्तारुढ दल अवामी लिगले अधिकांश सिट आफूले जितेको दावी गरेको छ । विपक्षीको बहिस्कारका बीच भएको निर्वाचनमा २९८ मध्ये २२३ सिट सत्ताधारी दलले जितेको हो । 

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सत्तारुढ बंगलादेशी अवामी लिग (एएल) पार्टीले संसदीय निर्वाचनमा हालसम्म नजिता आएका २९८ मध्ये २२३ सिट जितेको मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले बताएका छन् । यस पटकको निर्वाचनमा पनि सेना प्रहरी प्रयोग गरी व्यापकरुपमा धाँधलीका बिच निर्वाचनको नाटक गरिएको विपक्षीले आरोप लगाएको छ । 

Advertisement

हसिनाको सत्ताधारी दललाई भारतको सत्ताधारी दल भारतीय जनता पार्टीको पनि समर्थन रहेको छ । सोही समर्थनका कारण लामो समयदेखि हसिनाले विपक्षीलाई उठ्न नदिई एकछत्र शासन गर्न सफल भएकी छन् । यो निर्वाचनसँगै हसिना पाँचौं पटक बंगलादेशको प्रधानमन्त्री बनेकी छन् । उनले विपक्षी दलका अधिकांश नेताहरुलाई भ्रष्टाचारलगायतका आरोपमा जेल हालिसकेकी छन् । 

बंगलादेशमा कुनै दलले संसदको कुल १५१ सिट जितेका सरकार बनाउन सक्छ । सत्तारुढ एएल पार्टीका २६० भन्दा बढी उम्मेदवार राष्ट्रिय निर्वाचनमा सहभागी भएका छन् । स्थानीय समयअनुसार आईतवार बिहान ८ बजे शुरु भएको मतदान अपरान्ह ४ बजे सक्किएको थियो । आइतवार देशभरका ४२ हजारभन्दा बढी मतदान केन्द्रमा मतदान भएको थियो । 

बंगलादेशमा हसिनाको निरंकुश शासन भए पनि विकासका दृष्टिले भने पहिलाको अस्थिर राजनीतिको समयमा भन्दा निकै तीब्र भएको छ । अहिले बंगलादेशमा ठूला र महत्वाकांक्षी विकास आयोजना मात्रै बनेका छैन्, बंगलादेशको आर्थिक वृद्धिदरमा समेत वृद्धि भएको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement