हिमालय एअरलाइन्स बन्यो आइओएसमा दर्ता हुने पहिलो वायुसेवा कम्पनी

Advertisement

काठमाडौं । हिमालय एअरलाइन्स आइओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा बन्न सफल भएको छ । 

कम्पनीले आज पत्रकार सम्मेलन गरी आइओएसमा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न पहलकदमी गरेको जनाएको छ । 

Advertisement

२८ डिसेम्बरमा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन आइटाद्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरीे आइओएसए दिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

हिमालय एअरलाइन्सका लागि आइओएसए प्रमाणीकरणले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि भएको कम्पनीको भनाइ छ । 

एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यो कोसेढुङ्गाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्छ ।’ 

यस्तै, उड्डयन सुरक्षा तथा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यले हिमालय एअरलाइन्स्को यो उपलब्धिले निश्चित रूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने बताइन् । 
 

Advertisement

Advertisement