शेयर बजारमा सुधारः ११ कम्पनीमा पोजेटिभ सर्किट, ६ अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि उचालिएको छ । बजार उचालिएसँगै कारोबार रकम पनि बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.६२ अंकले बढेको हो । १ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८०.१२ अंकमा पुगेको छ । 

Advertisement

आज ३०९ कम्पनीका १ करोड ७९ लाख ४९ हजार ५ सय ६२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८ सय ६६.६७ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार बढेको दिन विभिन्न ११ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।

कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालीका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, अपर साङ्गे हाइड्रो, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन रि–इन्स्योरेन्सको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । 

त्यस्तै नेपाल वायरहाउजिङ, तेह्रथुम पावर र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य क्रमशः ९.९९, ९.९९ र ९.९७ प्रतिशतले बढेको हो ।

त्यस्तै समग्रमा बजार बढे पनि धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.१९ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि सोनापुर मिनिरल्सकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ४९ लाख ४५ हजार ८ सय ९३.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २६.३६ अंकले बजार घट्दा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९.८५ रुपियाँ  र हिजो सोमबार ३६.५७ अंकले बजार बढ्दा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९ सय ६.२८ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement