काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । उनी पुस १३ गते काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका थिए । बाँकी सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजालासले लामिछानेले पीडित युवती (गौलाशा–२६) को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको ठहर गरेको थियो ।
अदालतले घटना हुँदा गौशाला–२६ को उमेर १८ वर्ष पूरा भइसकेको भए पनि लामिछानेले जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको हो ।
सहमतिमा करणी भएको नदेखिएकाले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको अदालतको ठहर छ ।