काठमाडौं । टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्स (टिएचवाई) ले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमानलाई ग्राउण्ड गरेको छ ।
टिएचवाईले आफ्ना सबै पाँच म्याक्स ९ विमानहरूलाई ग्राउण्ड गर्ने निर्णय गरेको हो । प्राविधिक अनुसन्धान प्रक्रिया पूरा नभएसम्म विमानहरू ग्राउण्ड हुनेछन् ।
अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ प्रकारको विमानको आकस्मिक निकासको ढोका शुक्रवार १६ हजार फिट उचाईमा बिस्फोट भएको थियो ।
जसले ठूलो प्वाल पारेर यात्रुको क्याबिनलाई कम्प्रेस गरेको थियो । अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडेको केही समयपछि भएको उक्त घटनाले यात्रुहरूलाई आतंकित बनाएको थियो ।
ओन्टारियो, क्यालिफोर्नियाका लागि गन्तव्यमा रहेको उक्त विमानले पोर्टल्याण्डमा आपतकालीन अवतरण गरेको थियो । सिन्ह्वा–नान