शेयर बजार बिस्तारै उचालिंदैः नेप्से २०८९.६२ अंकमा, पाँच अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार बिस्तारै उचालिंदै गएको छ । यसैक्रममा आज पनि बजार बढ्दा कारोबार रकम ५ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.५० अंकले बढेको हो । ०.४५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८९.६२ अंकमा उक्लिएको छ । 

Advertisement

आज ३०१ कम्पनीका १ करोड ३४ लाख ७७ हजार ९ सय ४६ कित्ता शेयर किनेबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७ सय ८९.३८ रुपियाँ बराबरको कारोबार भएको हो ।

हिमालयन रि–इन्स्योरेन्ससहित विभिन्न ६ कम्पनीका लगानीकताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । हिमालयन र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य १०–१० प्रतिशतले बढ्दा मुक्तिनाथ कृषि कम्पनी, नेपाल वायरहाउजिङ, ङादी ग्रुप पावर र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९९, ९.९६ र ९.११ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै छिमेक लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.९५ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि सोना मिनिरल्सकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३२ करोड ७८ लाख ९१ हजार ६ सय १३.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २६.३६ अंकले बजार घट्दा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९.८५ रुपियाँ, सोमबार ३६.५७ अंकले बजार बढ्दा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९ सय ६.२८ रुपियाँ र हिजो मंगलबार २०.६२ अंकले बजार बढ्दा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८ सय ६६.६७ बराबरको कारोबार भएको थियो ।  
 
 

Advertisement

Advertisement