हिमालयन लघुवित्तः ७५ शाखा कार्यालय, ४ अर्ब ४० करोड भन्दा बढी लगानी

Advertisement

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

संंस्थाका अध्यक्ष बिजयमान नकर्मीको  अध्यक्षतामा आज काठमाडौंमा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए । 

Advertisement

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ । 

सभामा अध्यक्ष नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहेता पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनी महानुभावहरुको अपेक्षा पुरा गर्न संस्था कटिबद्ध रहेको कुरा व्यक्त गरे । उनले संस्थाको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सेयरधनी महानुभावहरु र नियामक निकायहरुको साथ र सहयोगको अपेक्षा सहित उपस्थितहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफलतापूर्वक सम्पन्न गर्नको लागि सहयोग भएकोमा सम्पूर्णमा  धन्यवादसमेत प्रकट गरे । 

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्ब ४० करोड भन्दा बढी लगानी गरेकोे छ । 
 

Advertisement

Advertisement